Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट रिहा भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझी रिहा भएका हुन् । कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो ।
अदालतको फैसलाअनुसार कैद भुक्तान गरिरहेका रायमाझी ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाका आधारमा रिहा भएका हुन् ।
२०८३ कार्तिक २७
ताजा नेपाल
२०८३ कार्तिक २७
ताजा नेपाल
२०८३ कार्तिक २७
ताजा नेपाल