Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भीमफेदीमा यात्रुवाहक ईभी गाडी ५०० मिटर तल खस्यो

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक ईभी गाडी दुर्घटना भएको छ ।

बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार दुर्घटनाग्रस्त गाडीमा चालकसहित १३ देखि १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुर्घटनालगत्तै उद्धारका लागि विभिन्न सुरक्षा निकायका टोली घटनास्थलमा परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट सात जना, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० जना प्रहरी परिचालन भएका छन् ।

त्यस्तै, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङबाट १० जना, सशस्त्र प्रहरी बलबाट १० जना र नेपाली सेनाबाट ११ जनाको टोली उद्धारमा खटिएको छ ।

हाल घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरूको अवस्था र मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी काफ्लेले जानकारी दिए ।


सम्बन्धित समाचार

काठमाडौंमा चिसो बढ्याे

२०८३ कार्तिक २७

ताजा नेपाल

टोपबहादुर रायमाझी जेलमुक्त

२०८३ कार्तिक २७

ताजा नेपाल