Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मकवानपुर सुमो दुर्घटनामा मृत्यु भएका तीन जनाको पहिचान खुल्यो, सात जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा बिहीबार बिहान भएको सुमो दुर्घटनामा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि छुटेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहान करिब साढे ८ बजे अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खोलामा खसेको थियो। दुर्घटनाका बेला सुमोमा चालकसहित १० जना सवार थिए।

दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर–४ की २५ वर्षीया अनुसा लामा, २२ वर्षीया अस्मिता तिमल्सिना र वडा नम्बर ३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन्।

दुर्घटनामा चन्द्रनिगाहपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, वडा नम्बर ३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छाध्वज थिङ, १५ वर्षीया सुमिना थिङ र १६ वर्षीया शिखा लामा घाइते भएका छन्।

त्यस्तै, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर पनि दुर्घटनामा घाइते भएका छन्।

घाइते सातै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।