Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाएको छ । निर्वाचनको मिति निर्धारणदेखि व्यवस्थापनसम्मका विषयमा राजनीतिक दलहरूसँग परामर्श सुरु गर्दै आयोगले चुनावी तयारीलाई तीव्रता दिएको हो ।
यसैक्रममा आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ । छलफलका लागि आयोगले सम्बन्धित दलका प्रतिनिधिहरूलाई आमन्त्रण गरिसकेको छ ।
आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह निर्वाचनका विषयमा परामर्श गर्न राजनीतिक दलहरूलाई बोलाइएको जानकारी दिए ।
उनका अनुसार स्थानीय तहको निर्वाचनसँग सम्बन्धित विषयमा आवश्यक छलफल तथा सुझाव लिन दलका प्रतिनिधिहरूलाई आयोगमा आमन्त्रण गरिएको हो ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् । यी दलका प्रतिनिधिहरूसँग आयोगले निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा छलफल गर्नेछ ।
स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा समाप्त हुँदैछ । त्यसलाई मध्यनजर गर्दै आयोगले नयाँ निर्वाचनको मिति घोषणा तथा निर्वाचन सञ्चालनका लागि आवश्यक गृहकार्य अघि बढाएको हो ।
आयोगका अनुसार छलफलमा निर्वाचनको सम्भावित मिति, निर्वाचन व्यवस्थापन, आवश्यक स्रोतसाधन र पूर्वतयारीलगायतका विषयमा दलहरूको सुझाव लिइनेछ ।
राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफल सम्पन्न भएपछि आयोगले आफ्नो दर्तामा रहेका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम बनाएको छ । राजनीतिक दलहरूसँगको सुझाव र परामर्शका आधारमा निर्वाचनको तयारीलाई थप व्यवस्थित बनाउने आयोगको योजना छ ।
२०८३ मंसिर ५
ताजा नेपाल
२०८३ मंसिर ५
ताजा नेपाल
२०८३ मंसिर ५
ताजा नेपाल