Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आजबाटै सबै सरकारी कार्यालय खुल्ने समाचार सामाजिक सञ्जालमा आइरहे पनि सबै कार्यालय भने नखुल्ने बताइएको छ । लकडाउनकैबीच आजबाट अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय सञ्चालन हुने भएका छन् । गत २४ वैशाखको मन्त्रिपरिषद निर्णय अनुसार बैंक वित्तीय संस्था, विमा, सहकारी तथा धितोपत्रसँग सम्बन्धित सार्वजनिक कार्यालयहरु भने आंशिक सञ्चालनमा आउँने प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायण विडारीले जानकारी दिए । विडारीले भने, अत्यावश्यक सेवा ऐनले निर्देश गरेका अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा संस्थान आजबाट सञ्चालनमा आउनेछन् । त्यसमा पनि सामाजिक दूरी कायम राखी एकतिहाइ कर्मचारीलाईमात्र परिचालन गरी सरकारी कार्यालय सञ्चालन गरिनेछन् ।
विडारीका अनुसार आजबाट खानेपानी आपूर्ति, खाद्य संस्थान, टेलिफोन, बिजुली, फोहोर व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने सरकारी कार्यालय तथा संस्थान आजदेखि सञ्चालनमा आउने छन् । उनले भने, अहिले आम सर्वसाधारणलाई सहज होस भन्ने उद्देश्यले नभइ नहुने सेवाका क्षेत्र खुल्नेछन् । अहिले आवश्यक नभएका सरकारी कार्यालय भने खुलाइने छैन् ।
ती कार्यालयले पनि आम सेवाग्राही आउने गरी नभई आन्तरिक र प्रकृयागत कार्यसञ्चालनका लागि कार्यालय प्रमुखले आवश्यकता अनुसार निश्चित तहका न्यूनतम कर्मचारी मात्र कार्यालयमा बोलाउन सक्ने व्यवस्था गरिएको विडारीले बताए । यस अनुसार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा कम्पनीजस्ता कार्यालय आंशिक सञ्चालनमा आउनेछन् । सरकारले कोरोनाको संक्रमण फैलन नदिन ११ चैतदेखि जारी गरेको लकडान आगामी ५ जेठ सम्म तय भएको छ । लकडाउन जारी गर्दा अत्यावश्यक सेवा बाहेकका कर्मचारीहरुलाई आवश्यक पर्दा कार्यालय आउन सक्ने गरी घरमै बस्ने गरी बिदा दिने निर्णय गरेको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल