Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टीभित्रै समन्वय नगरी आफ्नै स्वविवेकमा चलेका रास्वपाका नेता बालेन्द्र शाह प्रधानमन्त्रीको नाताले छिमेकी मुुलुक भारतको २५ घण्टा ३५ मिनेटको भ्रमण गरी फर्केका छन् । पुराना दलका नेताको अनुभव लिएर राष्ट्रिय महत्वको निर्णय गर्नु उचित भए पनि यस पटक त्यो देखिएन । नेपालले भारतसँग अपेक्षा गरेअनुसार साथ पाउँदैन । भारतको हेपाहा नीतिको दलीय रूपमा प्रतिवाद हुने हो भने हेपाह पन घट्न सक्छ । भारतीय सत्तामा जुनसुकै पार्टी आए पनि नेपालप्रतिको हेपाह चरित्र हटेको छैन ।
नेपाल भारतकाबीचमा लिम्पियाधुरा, लिपुलेक, कालापानी मात्र होइन पूर्वको माने भञ्ज्याङ, मध्यपश्चिमको सुस्तामा जमिन विवाद छ । भारतीय प्रहरीले नेपालीले लगाएका अन्नबाली लुट्ने गरेकै छन् । यस पटक बालेन्द्र भारतीय शासक नरेन्द्र मोदीलाई खुशी बनाउन नेपालले नै भारतीय भूमि मिचेको बताएर नांगै भएका हुन् । राजनीतिक चेतना नभएको कसैको परिबन्द नरुचाउने यस्ता अराजकले शासन गरेको देशले आफ्नो पहिचान जोगाउनु ठूलो कुरा हो । प्रधानमन्त्रीले संसदमा भएका दलहरूसँग समन्वय गरेनन् । आफ्नै दलभित्र छिमेकी राष्ट्रसँगको पारस्परिक मित्रताका बारेमा समेत बहस तथा परामर्श गरेनन् । बालेन नेतृत्वको सरकारले देशमा शासन गरेका नौ महिना पुगेको छ । यो सरकारको स्थायित्वमा शंका छैन । विपक्षी शक्ति कमजोर छन् । सरकारका निर्णयहरू आलाकाचा छन् । संविधान विपरितका निर्णय गरेर हिजोको दुई तिहाईले देखाएको दम्बबाट उत्पन्न समस्याले दिएको परिणाम जेनजी आन्दोलन थियो । नेपालको उग्रता र विध्वंशको सिको गर्ने भारतको कक्रोच समूहले उठाएका आवाज शक्तिशाली बिजेपी सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको स्थितिको अनुशरण नेपालका दम्बी र अहंकारी प्रम बालेन्द्रले गर्न सक्लान् ? बालेन्द्रको भ्रमणले नेपालको जनकपुर र भारतको हरिद्वारबीच रेल सञ्चालन, भोटेकोशीले बिगारेका संरचनाको पुननिर्माण, लगानी ऊर्जाको सिंहावलोकन जस्ता नियमित सहमति हुने बाहेक नयाँ उपलब्धी छैन । भारत भ्रमणमा सहमति जनाउने कार्यान्वयन नगर्ने चलन पुरानै हो । भारतीय स्वार्थका योजनाप्रति चासो दिने संस्कृति चलेको छ । नेपालले भारत निर्भर इन्धन आपूर्ति घटाउन देशको विद्युतीय ऊर्जालाई बढी खपत गर्न जोड दिनु्पर्नेमा विद्युतमा भ्याट लगाएर ऊर्जा खपत रोकेको र भारतीय कृषि उपजले बजार हस्तक्षेप गर्दा विशाक्त तरकारी र फलफुलले बजार प्रभावित गरेको छ । शासकहरूले पद र कुर्सी जोगाउने भारतको दलाली गरेको विगतबारे ज्ञान आर्जन गरेका बालेन्द्रका क्षमताले जे भ्यायो सम्झौता त्यही हुने हो । मित्रराष्ट्रहरूसँगको सम्बन्ध स्थायी हुन्छ । नेपाल भारत सम्बन्ध दलपिच्छे फरक हुँदैन । देशको परराष्ट्र नीति साझा हुन्छ । दक्षिणको भारतसँगको सम्बन्धले व्यापार घाटा कम गर्न सक्छ भने उत्तरतिरको सम्बन्ध ठूला पूर्वाधार योजनाका अपेक्षा गर्न सकिन्छ ।
२०८३ मंसिर ९
ताजा नेपाल
२०८३ मंसिर ९
ताजा नेपाल
२०८३ मंसिर ९
ताजा नेपाल