Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अराजकता र राज्य आतंक नै उपलब्धी

काठमाडौं । जनताले गरेको अपेक्षामा प्रहार गर्दै राज्यका हरेक अंगलाई दबावमा राख्ने बालेन्द्र पथको निरंकुशताको सर्वत्र विरोध हुँदैछ । सरकारको घोषणा अलपत्र छ । हरेक वर्षको बजेटले माफिया, विचौलिया, तस्करलाई छिद्र दिन्छ । उद्योगी, व्यापारीले दलीय आडमा कर छल्ने राजश्व डुबाउने काम पौरख ठानिन्छ । विचौलियाकै जगजगी सबैतिर छ । सरकारले सीमामा कडीकडाउ गर्दा घरायसी सामानहरू सस्तोमा सीमापारबाट ल्याउने विगत यस पटक रोकिएको छ । बदनाम प्रहरी र सशस्त्रको हुने । ठूला गाडीहरूबाट हुने तस्करी सहज छ । सीमामा जनतामाथि कडीकडाउ छ । विश्वबैङ्क र एडिबीका विद्यार्थी अर्थशास्त्री अर्थमन्त्री भएका छन् । उनको पिएचडीको विद्यावारिधीले अर्थशास्त्रीलाई नांगै बनायो । अर्थशास्त्रले राजश्व र कर नीतिमा भेदभाव गर्दैन । तर शासकहरूले सानालाई जति सक्यो निचोर्ने ठूलालाई फाइदा पुग्ने प्रणाली लागू गर्दा हामी सफल भयौ भन्दा शिक्षा, स्वास्थ्य, विद्युत जस्ता विषयमा देखाइएको दुष्ट चरित्रले डा. स्वर्णिम वाग्लेको विद्यावारिधि उदांगो बनायो । राज्यले शिक्षा र स्वास्थ्यमा लगानी नगरेसम्म जनताले राहत पाउँदैन । राम्रो कुरा जसले लागू गरे पनि निरन्तरता दिँदा हुन्छ । जस लिने काम प्रतिस्पर्धा गर्न पर्दैन । सरकारलाई विद्यालय शिक्षा र स्वास्थ्य गरिबको पहुँचमा छैन भन्ने थाहा छ । व्यापार गरेर नाफा लिन अरु क्षेत्र छन् । तर स्वास्थ्य, शिक्षालाई व्यापारमा लगाएपछि जनताले दुःख पाउँछन् । पुरानाले गरेनन् हामी सुधाछौं भन्ने जनतामा भ्रम फैलाएको रवि र बालेनले छानेको अर्थशास्त्री डा. स्वर्णिम वाग्लले पनि क्षमता देखाए । घरायसी प्रयोगको विद्युतमा ५ प्रतिशत भ्याट लगाएर विद्युत प्रयोगमा समेत कस्ने अर्थशास्त्रले जनतालाई देशको विद्युत उपयोग नगर्न दबाव दिएकै छ । भारतीय बजार आश्रित पेट्रोलियम पदार्थमा नेपाल स्वदेशमा निर्भर हुने कुरा टालटुल पार्ने काम बालेन्द्र सरकारले पनि निरन्तता दिएको छ । दैलेखको ज्वालाजी क्षेत्रको उत्खनन् सकियो । प्रशोधन र भण्डारणतर्फ बालेन्द्र सरकार बेखवर छ । मुलुकमा रोजगारी बढाउनेतर्फ यो सरकारलाई चासो छैन । देशको अर्थमन्त्री राजश्व कसरी बढाउने भन्नेमै केन्द्रीत छ । रास्वपासँग संसदमै भएका दलहरू समेत समन्वयमा छैनन् । प्रधानमन्त्री आप्नै पार्टी र सांसदसँग सम्पर्कमा छैनन् । जनताका प्रतिनिधिले विकास योजनामा रकम माग्न समेत समय नदिने मन्त्रीहरूको चाल जनतालाई सघाउने छैन । ठूला लगानीका प्रोजेक्टमा प्रधानमन्त्रीकै टिम हस्तक्षेपकारी बन्दैछ सुनकोशी मरिन डाइभर्सनको ठेक्का रमण पेटल जेभी कन्स्ट्रक्सनले पाएकै बेला काममा ढिलाई किन भयो तोकिएको मितिमा किन काम भएन सरकारले गर्नु पर्ने सहयोग किन भएन शंका गर्ने ठाउँ थियो । त्यसको निराकरण सिन्धुलीकै सांसद आशिष गजुरेल सम्पर्कमा थिए । तर प्रधानमन्त्री बालेन्द्रकै सचिवालयको चासो त्यस्तामा किन प¥यो । पासपोर्ट छपाई गरी रहेको फ्रान्सेली कम्पनीको काम खोस्ने तर्फ प्रधानमन्त्री आफैं लागेकै हुन् । त्यहाँ परराष्ट्रमन्त्रीले हस्तक्षेप गर्दा गिरोह पछि हट्यो । त्यसले गृहको राष्ट्रिय परिचयपत्र छपाईमा हस्तक्षेप ग¥यो । यस्ता ज्वलन्त उदाहरण धेरै छन् । सुनकोशी मरिन डाइभर्सनको विवाद पनि त्यही हो । बालेन्द्र शासनमा जनताले राहत पाएको छैन । उल्टै सकस, अभाव, हाहाकार सकेको छ । आतंक समाजका हरेक ठाउँमा छ ।