Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगको मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ। आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदै आधिकारिक अभिलेखमा विवरण समावेश गरेको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार आयोगले आज नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरी सम्बन्धित पक्षलाई पत्राचार गरेको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापा नेतृत्वको कार्यसमितिले आयोजना गरेको उक्त महाधिवेशनलाई आयोगले स्वीकार गरेको हो।

यसअघि पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ गते महाधिवेशन गर्ने कार्यतालिकासहित आयोगमा पत्र बुझाएको थियो। तर, आयोगले यसअघिकै निर्णयलाई निरन्तरता दिँदै गगन नेतृत्वको कार्यसमितिलाई नै आधिकारिकता दिएको छ।

यद्यपि, नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ। अदालतबाट अन्तिम फैसला आउन बाँकी रहेकाले पार्टीको आधिकारिकतासम्बन्धी विवादले कानुनी रूपमा पूर्ण निकास पाउन भने बाँकी नै छ।