Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको नयाँ मर्यादाक्रम स्वीकृत गरेका हुन्।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम मर्यादाक्रममा सातौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएकी छन्।
नयाँ मर्यादाक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् छन्। यसअघि तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथोमा झरेका छन्। त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा पुगेका छन्।
गौतमको मर्यादाक्रम चार स्थानले सुधार हुँदा उनीभन्दा माथि रहेका तीन मन्त्री एक–एक स्थान तल झरेका छन्।
नयाँ मर्यादाक्रमअनुसार महावीर पुन आठौँ, सीता वादी नवौँ, प्रतिभा रावल दसौँ, निशा मेहता ११औँ, सस्मित पोखरेल १२औँ, खडक राज पौडेल १३औँ, डा. विक्रम तिमिल्सिना १४औँ र गीता चौधरी १५औँ स्थानमा यथावत् छन्।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह १६औँ तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव १७औँ स्थानमा रहेका छन्।
प्रधानमन्त्रीको सिफारिसमा गरिएको यस हेरफेरसँगै मन्त्रिपरिषद्का सदस्यहरूको औपचारिक मर्यादाक्रम परिवर्तन भएको हो।
२०८३ मंसिर ११
ताजा नेपाल
२०८३ मंसिर ११
ताजा नेपाल
२०८३ मंसिर ११
ताजा नेपाल