Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१३ जना एकै पटक थपिँदा संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं । थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप १३ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको हो । सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि सोमबार नै कपिलवस्तुका १० र सप्तरीका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार साँझ प्राप्त भएको रिपोर्टअनुसार कपिलवस्तुकै थप ६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कपिलवस्तुमा मात्र कोरोना भाइरसको संक्रमण देखिने व्यक्तिको संख्या २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएकामा कपिलवस्तुका ६, रुपन्देहीका ६ तथा बर्दियाका १ जना छन् ।
कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि गाउँपालिका–७ घर भएका १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरु छन् । यस्तै, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ घर भएका २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन् । बर्दियाको राजापुर–५ घर भएकी ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


सम्बन्धित समाचार