Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शसस्त्रले मागेको दरबन्दि कहिले पाउने ?

देशको रक्षा गर्ने शक्तिलाई समय अनुसार परिचालन गर्न सकेको भए यती खेर छिमेकी भारतले नेपालको भुमी माथि अतिक्रमण गर्न सक्ने थिएन । राजधानीमा पुर्व प्रधानमन्त्रीहरु र मन्त्री सम्मले प्रयोग गरेको शसस्त्र प्रहरीको फौजको उपयोगीता थिएन ।जहाँ त्यो शतिmको आवश्यकता थियो त्यहाँ परिचालन गरेको भए यो कोलाहल मच्चिने थिएन । देश र जनाताको निमीतm राज्य चलाएकाहरुका लागी जनतानै सर्वोपरी बनाइनु पर्दथ्यो तर हामी कहाँ पुर्व राजा ज्ञानेन्द्र देखि ने.क.पा.र काग्रेशका नेताहरुलाई शसस्त्र नै चाहिएछ किन ?राम्रो गर सुरक्षा शतिmलाई उचित ठाउँमा प्रयोग गर १८८० कि.मी को लागी सुरक्षा पोष्ट राख्न ९,००० दरबन्दी माग्दा दिन किन डिलाई ? भिआइपी को निमीतm राखिएको त्यो भिड फिर्ता गर्न मन्त्री परिषदले ढिलाई किन गर्यो ? गृहको परिपत्र मन्त्री परिषदमा थन्काउन प्रधानमन्त्री के.पी ओलीलाई कसले आग्रह गर्यो अहिले यस्ता विषय उठेका छन् ।
१२० पोष्टमा ५,००० जनशतिm खटाएर त्यो समुहले धन्न देशको स्थान राखेको छ । दाचुर्लाको छाङ्घगारुमा खडा भएको बोडर पोष्टमा २५ जना जनशतिm लिएर एआइजी नारायण बाबु थापा पुगे । उनहिरुलाई आवश्यक सामाग्री पनि पुराइएको छ । आवश्यक भवनको निमार्ण गर्ने प्रकृया शुरु गरिएला तर सरकारी तहबाट इमान्दारी र सिमा सुरक्षा सम्बन्धि जिम्मेवारी पुरा गरीएन भने दार्चुला बासी को मात्र हैन देशको माग समेत अलपत्र पर्ने छ । जुन शक्तिलाई सिमा सुरक्षको जिम्मा दिइएको छ ।त्यसको निमित्त आवश्यक जनशक्ति र भौतिक पुर्वाधारको निमित्त राज्यका सन्चालकहरुले आवश्यक बजेट दिलाउन यस पटक कन्जुसाई गरे भने अहिलेको तयारी र सकृ्रयताको महत्व हुने छैन ।


सम्बन्धित समाचार