Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सशस्त्रको सामान ढुवानी गर्दा नक्कली बिल बनाएर आदिती ट्रान्सपोर्टका सञ्चालक भरत थापासँग मिलेर रु ६ करोड ७९ लाख भ्रष्टाचार गरेको अभियोग लागेर एकै प्रकृतिको मुद्दामा अल्झेका सशस्त्र प्रहरीका विद्वानहरूले सफाई पाएका छन् । कोषराज वन्तले पूर्व आईजीपीहरूहरू सनत बस्नेत, वासुदेव ओली, शैलेन्द्रकुमार श्रेष्ठले पनि त्यही प्रक्रियामा खर्च गरेको भेद खोल्दा उनीहरूलाई भ्रष्टाचारीको आरोप लागेको हो । विशेष अदालतका श्रीमान्हरू अध्यक्ष बाबुराम रेग्मी, द्वारिका जोशी, प्रमोद श्रेष्ठको टोलीले सोही अदालतमा रहँदा कोमलनाथ शर्मा, धनबहादुर मगर, चोलेन्द्रसमशेर जबराको टोलीले लोकतान्त्रिक फैसला गर्दै राजनीतिमा भ्रष्टाचारीहरूलाई सफाई दिँदाको चाल पनि त्यस्तै प्रकृतिको थियो । संगठनमै नभएका नक्कली कर्मचारीको नाममा सामान खरिद र ढुवानी गरेका वन्तले सफाई पाउँदा नेपालको अदालती न्याय कस्तो रहेछ छर्लङ्ग भएको छ । त्यसो त शसस्त्रका तत्कालिन आईजीपी वन्त र सनत बस्नेतलाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पूर्वाग्रह राखेर नक्कली अभियोगपत्र दर्ता गरेको बताउँथे । सशस्त्र र नेपाल प्रहरीको प्रबन्धले सामान खरिद गर्दा ठूलो रकम भ्रष्टाचार हुने गरेको बताइँदै आएको छ । संगठनकै पूर्व आईजीपीहरूले भिœयाएको यस्तो बदनामी अब हुन्छ हुँदैन प्रतिक्षा गर्दै पर्छ । अख्तियारले हात हालेका ठूला माछाको मुद्दा विशेष अदालतले सफाई दिनुको कारण उजुरी लिँदैमा एथेष्ट प्रमाण जुटाउन नसकेको बताउने गरिन्छ । अख्तियारका अनुसन्धन कर्ताहरूको नियत सफा नहँुदा र राजनारायण पाठकहरूको हैकम चल्दा संस्थागत बदनामी भएको छ । कैयौं ठाउँमा अख्तियारले आँखा चिम्लिएको छ । गत निर्वाचनका बेला निर्वाचन आयोगको रु ५ अर्ब बेरुजु देखियो । त्यहाँ आयुक्तहरूले गाडी खरिद गर्दै कमिशन खाँदै गरेका छन् । अहिले गृहमन्त्रालयले बजेट सक्न प्रतिगाडी रु ७० लाखका दरले ७ वटा गाडी खरिद गर्ने तयारी गर्दैछ । निर्वाचन आयोगमा गत वर्ष भिœयाइएका ४ गाडी चल्दै नचली थन्केका छन् । ती गाडी तत्काल नचलाए इञ्जिन सिज हुन्छ । तर प्रधानमन्त्री र मुख्यसचिवको ध्यान त्यसतर्फ छैन । नत निर्वाचन आयोगको शृङ्खलाबद्ध भ्रष्टाचारमा अख्तियारले ध्यान दिएको छ ।
भ्रष्टाचार गर्दै बिल पोल्दै
सशस्त्र केन्द्रीय स्टोरमै आगो लगाउन कोषराज वन्तले एआईजी पुष्पराम केसीलाई प्रयोग गरेको कुरा त्यही बेला आएको हो । एसएसपी अभि खत्री, डिएसपी धु्रव केसी, हवल्दार रामशरण ठकुरी, सहायक हवल्दार नागेन्द्र कचाल, जितेन्द्र घिमिरे, ध्रुव श्रेष्ठ, परिचय चेतबहादुर श्रेष्ठ, राजाराम सेढाई यो काण्डमा चर्चित थिए । आईजीपीको कमाण्डमा लेखा, स्टोर हुन्छ । नक्कली बिल बनाएर ठूलो रकम चप्काएको स्थिति त्यहाँ थियो । अदालत समेत पैसा खाँदै अपराधी छाड्दै गरेको तथ्य शसस्त्रको यो घटनामा सहभागीहरू सइद्वय हुमबहादुर थापा, लिनबहादुर श्रेष्ठ, हवल्दार रामकृष्ण श्रेष्ठले सफाई पाउनुले झल्काएकै हो । अहिले पनि शसस्त्रमा कोषराज वन्तको टिमकै हाउगुजी छ । त्यो टिमले आईजीपी शैलेन्द्रलाई गन्दैन । शैलेन्द्र आईजीपी नहुँदासम्म त्यही टिमका हुन् । जब उनी आईजीपी भए एआईजी केसीले गुट बनाए । यही गुटका सदस्यहरू हुन् अभि खत्री, युवराज अर्याल, होम ज्ञवाली पनि । अब सशस्त्रमा ठूलो परिणामको खरिदमा भ्रष्टाचार भए पनि कागजात पोल्न कसैले छाड्ने छैन । कोषराज वन्तले एआईजी पुष्पराम केसीबाट यो मान्यता स्थापित गराए । तर केसी आईजीपी हुन पाउने छैनन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल