Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौं । शुक्रबार साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ। जसमा पर्साका ४ जना, दाङका ३ जना , काठमाडौंका १ जना र उदयपुरका १ जना रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएकाहरुको संख्या ९ रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । पर्सा बीरगंज निवासी ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा(४, ५ र तुलसीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष र काठमाडौं सतुगंगलका ७ वर्षीय बालकमा शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसअघि आज विहान पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार मात्रै योसँगै १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल