Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकाले गर्यो कोरोना निको पार्ने एन्टीबडी बनाइएको दाबी

एजेन्सी । विश्वभरका वैज्ञानिकहरु कोरोनाविरुद्धको औषधि पत्त लगाउने अभियानमा जुटिरहेको बेला अमेरिकाको एक कम्पनीले कोरोना भाइरसको संक्रमणलाई ४ दिनमै निको पार्ने एन्टीबडी बनाइएको दाबी गरेको छ । फक्स न्यूजका अनुसार क्यालिफोर्नियामा रहेको एउटा बायोफर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको एन्टीबडी आविस्कार गरेको उल्लेख छ । अमेरिकी संचारमाध्यम फक्स न्यूजले उसको टिभी च्यानल र डिजिटल पत्रिका दुबैमा एक्ल्युसिभ न्यूज भन्दै प्रकाशित समाचारमा उक्त एन्टीबडी चार दिनभित्रै कोभिड १९ संक्रमण निको बनाउने उल्लेख छ ।
समाचारमा यो एन्टीवडीले मानव शरीरलाई कोरोना भइरसबाट पूरै प्रतिरक्षा गर्ने उल्लेख छ । एसटीआई – १४९९ एन्टीबडी नाम दिइएको सान् डिएगोको सरेन्टो थेराप्युटिकबाट उत्पादित सो एन्टीबडीबारे विस्तृत विवरण आजै साँझसम्ममा सार्वजानिक गर्ने तयारी भएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल