Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लकडाउन बढाउन समितिको सिफारिस

काठमाडौं । कोरोनाले मानिसको ज्यानै लिन थालेपछि लकडाउन थप्नुको विकल्प नभएको बेला कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे मन्त्रिपरिषद बैठकेल थप निर्णय गर्नेछ । समितिको बैठकले कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई कडाई गर्दै जेष्ठ ५ गतेपछि पनि निरन्तरता दिने निष्कर्ष निकालेको हो । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले अहिलेसम्मको लकडाउनले कोरोना संक्रमितको संख्यालाई नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाल्दै यसलाई निरन्तरता दिनुपर्ने निर्णयमा पुगेको हो । बैठकले प्रदेश र स्थानीय तहमा रहेका क्वारेन्टााइनलाई मापदण्ड अनुसारको बनाउन आवश्यक परे केन्द्रबाट आर्थिक लगायतको सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै लकडाउनलाई थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिने र आपूर्ति व्यवस्थालाइ अझै सहज बनाउन पहल गर्ने निर्णय गरेको समितिका प्रवक्ता एवं मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । बैठकमा सहभागी सवैले लकडाउन लम्ब्याउन सुझाव दिएका थिए । अहिलेको अवस्थामा लकडाउनले नागरिकको जीवन रक्षा गर्न मद्धत पुगेको बैठकले ठहर गरेको छ । सरकारले पछिल्लो समय थप गरेको लकडाउनको अवधि सोमबार सकिँदैछ ।


सम्बन्धित समाचार