Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्देशिका जारी गर्दै अमेरिकामा लकडाउन खुकुलो

एजेन्सी । कोरोना भाइरसको महामारीले अमेरिकामा दुई महिनादेखि जारी लकडाउन केही खुकुलो भएको छ । अमेरिकामा सबै ५० राज्य आंशिक रुपमा खुल्न थालेका छन् । राज्यअनुसार कोरोना संक्रमणको अवस्था फरक रहेकाले कस्ता व्यवसाय र कति समय खोल्न दिने भन्ने नियम फरक रहेको न्यूयोर्क टाइम्सले जनाएको छ । लकडाउन खुकुलो पार्न सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले ६० पृष्ठको निर्देशिका जारी गरेपछि त्यसैका आधारमा राज्यहरूले लकडाउन खुकुलो बनाएका हुन् । कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म ९४ हजारभन्दा बढीको मृत्यु भएको छ ।