Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रुकुम घटनाका बारेमा काँग्रेसले माग्यो जवाफ

काठमाडौं । नेपाली काँग्रेसले पश्चिम रुकुममा कथित माथिल्लो जातबाट भएको आक्रमणमा परी दलित युवाले ज्यान गुमाएको घटनाको भत्र्सना गर्दै संलग्न माथिको कारवाही प्रक्रियाबारे गृहमन्त्रीको जवाफ माग गरेको छ । राष्ट्रियसभाको मङ्गलबार बसेको बैठकको शुन्य समयमा बोल्दै नेपाली काँग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भत्र्सना गर्दै सो घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ माग गरेका हुन् । उनले मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै उनले अहिले पनि दलितमाथि गैर दलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताए । उनले भने, मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनीय भनेको छ । ५४ वर्षपछि पारित अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको छ । छुवाछुतको आधारमा मानव मानवबीच विभेद कायम रहनु हाम्रो सामाजिक व्यवस्थाको लज्जाको विषय ठहरिनुपर्दछ । जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी केटीबीचको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न गएको केही दलित युवामाथि भएको साङ्घातिक र सो हमलाबाट बच्न भेरी नदीमा हामफालेर ज्यान गुमाउन बाध्य पारिएको नृशंस घटना प्रति म आफ्नो र आफ्नो पार्टीको तर्फबाट घोर भत्र्सना गर्न चाहन्छु । उनले अपराधसँग सम्बन्धित व्यक्तिलाई गरेको कारवाही प्रक्रिया र पीडितलाई गरेको सहयोगबारे गृहमन्त्रीसँग जानकारी माग गरे ।