Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाका कारण गयो पौने चार लाख मानिसको ज्यान

काठमाडौं । कोरोना महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १० हजार ४९४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ५१९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार ७०९ पुगेको छ । ३० लाख ८६ हजार ७२४ जनाको उपचार भइरहेकोमा ५४ हजार ५४८ जनाको अवस्था गम्भीर छ भने ३० लाख ५ हजार २५७ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ७५ हजार ५५७ जनाको मृत्यु भएको छ ।
२० लाख ४९ हजार ४४ जना संक्रमित भएकोमा १० लाख १३ हजार ५४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २७ हजार १४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख २० हजार २८० पुगेको छ । त्यसमध्ये ७ लाख ८९ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३१ हजार ८३१ जनाको मृत्यु भएको छ । ११ लाख ९४ हजार २२८ जना संक्रमित भएकोमा ७ लाख ३० हजार ८९० जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ४२ हजार ५२५ जनाको मृत्यु भएको छ । ९ लाख ४० हजार ८८५ जना संक्रमित भएकोमा ३ लाख ९३ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ५११ जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ७०१ जना संक्रमित छन् । संक्रमितमध्ये ६८ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८३१ जना संक्रमित भएकोमा ८ हजार २०८ जना संक्रमणमुक्त भएका छन् ।