Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुटिक एयरपोर्टको यस्तो छ समाचार

जसले काम गर्यो उसैलाई खेद्ने नेपाली प्रचलन यती खेर निकै चर्चामा छ । सरकार यतीखेर अन्तराष्ट्रिय विमान स्थल बनाउने होड बाजी चलाउदै छ । केपी ओली नेतृव्वको सरकार बनेदेखि निजगढ विमान स्थलको चर्चा चल्यो । तर बनिरहेका लुम्बिनी विमान स्थल र पोखरा विमान स्थलको निर्माण कार्य तोकीएको समयमा सम्पन्न हुन सकिरहेका छैनन् । भौतिक पुर्वाधारका कामहरु माथि बारम्बार आक्रमण हुने संस्कार नेपाली राजनितीले भोगेको छ । कैयौ ठाउँमा राजनितीक दलका मजदुर हरु उचालेर दलिय स्वार्थ मात्र होइन राष्ट्रको बजेट बढाएर लुट मच्चाउने भस्मसुरहरुपनि देखा पर्दछन् । तर प्रधानमन्त्री केपी ओलीको निर्देशन र आग्रहमा त्रिभुवन अन्तराष्ट्रिय स्थाल लाई बुटीक एरपोटको रुपमा निमार्ण प्रकृया सुरु गरी झन्डै ९० प्रतिशत काम पुरा गर्ने तत्कालिन महाप्रबन्धक राजकुमार क्षेत्रीलाई भने काम सम्पन्न गर्ने मौका दिइएन ।
उनकै पालामा राजनैतिक पहुच र सत्ताको आडमा सटर भाडामा लिएर नागरिक उड्यायन प्राधिकरणलाई भाडा नर्तिने डनहरु भडा तिर्न बाध्य गराइयो । राज्यको सम्पत्तिमा आफु मस्ती गर्ने तर सम्झौता हुदाँको सहमतीमा वास्ता नगर्ने त्यस्ता लुटेराहरुलाई तिनै क्षेत्रीले काबुमा ल्याए । तर उनलाई प्रधानमन्त्री केपी ओलीको निकट भएको दावी गर्ने खन्चुवाहरुको स्वार्थको काम गर्न नसकेवापत सजायस्वरुप फिर्ता पठाइयो । अहिले उनी प्राधिकरणको प्रबक्ता रहेका छन् । आफ्नै कार्यकालमा सुरु भएर सम्पन्न हुन थालेका एयरपोटका संरचनाहरु प्राधिकरणमा बसेर नियाली रहेका छन् । एयरपोटमा महाप्रबन्धकको रुपमा देवेन्द्र केसीलाई लगिएको छ । क्षेत्रीकै समयमा रसुवा जेवी ले एराइबल भवन निमार्ण गर्यो । प्र्राधिकरण संग बार्षिक १ करोड ७० लाख भाडा तिर्ने गरी विवादित व्यापारी दिपक मलहोत्राको टिमले नर्माण गरेका हो ।अबका दिनमा त्यही भवनलाई यात्रु आगमन कक्षको रुपमा विकास गरीदै छ । आन्तरिक सजावट उनैको पालामा सम्पन्न भएका थिए । डोमेस्टीक तर्फ पनि सुधारका कामहरु थुप्रै भए तर सम्पुर्ण प्रोजेक्ट ले ७० प्रतिशत प्रगति गर्दा उनैलाई खेदियो ।
एयरपोट भित्रको भौतिक पुर्वाधार जति सुरु भए त्यो क्षेत्रीकै पालामा भएका हुन । अन्तराष्ट्रिय र्टमिनल भवन अगाडी क्यानोपी बन्दैछ । दक्षिण तर्फ एयरबस निर्माण रिपोट पार्किड. वे बन्यो त्यसको दक्षिण तर्फ ठुला दुई जहाज अट्ने पार्कीड निर्माण भएको छ । अहिले त्यो काम ९५ प्रतिशत सम्पन्न भई सिगारपटारको अभियान चलेको छ । देशको परिचय दिने त्यो एयरपोटलाई सघाउने लुम्बिुनी एरपोट र पोखरा एयरपोटको निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा बढी चाप काठमाण्डौमा देखिएको हो । जनताको हितमा काम गर्ने सरकारले आवश्यकता अनुसार उच्च प्राविधिकहरुलाई परिचालन गरेर नागरिक उडयान प्रधिकरणको विभाजन हैइन एकिकृत शतिmलाई विश्वासमा लिन सकियो भने आफ्नो योजना समयमा पुरा हुन्छ भन्ने सोच्नु गर्दछ । यसका निमित ध्यान दिने प्रधान मन्त्री र विभागीय मन्त्री नै हुन् ।