Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जुन किटको विश्वसनियता छैन त्यही किट जबरजस्ती सरकार किन किन्छ ?जबकी विश्व स्वास्थ संगठन र नेपालकै प्राविधिकहरुले समेत आरडिटीलाई जोड नदिन पटक पटक स्वास्थ मन्त्रीसंग आग्रह गरेका छन् । तर यहाँ कमिसनको चक्कर सिंहदरवार देखि बालुवाटारसम्म चलेको छ । मान्छको य्याल र स्वाबबाट लिइने पिसीआर प्रविधिलाई भन्दा रक्तपरिक्षणबाट लिइने आरडिटीलाई जोड दिनु कोरोना चम्काउनु बाहेक केही होइन । कतिलाई यो माहामारी पनि कमाईको भाडो भएको छ । त्यो भाडो ओम्नी इन्टरनेशनल नाम दिएर सिंहदरबार तिर नाची रहेको छ त्यसको रक्षा उपप्रधानमन्त्री इश्वर पोखरेल र प्रधानमन्त्री का राजनितीक सल्लाहकार विष्णु रिमालले गरी रहेका छन् । प्रधानमन्त्री भन्छन् ओम्नी समुह चिन्दैनन् । तर राट्रिय सम्पत्ति माथि लुटेने लुटाहाहरु उनीहरुकै कमान्डमा दौडीरहेका छन् ।
पेशागत मर्यादाको ख्याल नगरी आफ्ना स्वार्थ अनुकुल दौडने दौडाहा टोली देशैभरी कुदीरहेका छन् । राज्यको चौथ अंगका नाममा कोरोना रोग सम्बन्धि रिपोटिड गर्नेहरु को स्वास्थ परिक्षण गर्नु परेन । उनीहरु दैनिक पत्रिका र टेलिभिजन हरुमा काम गर्छन तर प्रेशको ज्याकेट लगायो व्यापार बढायो त्यस्तालाई भने कोरोना परिक्षण नगरी भएन । पत्रकार महासंघ पनि अछुतो रहेन । राहतको चामल तिनकै घरमा पुग्यो । यहाँ राज्यलाई सही बाटो देखाउने चौथो अंगनै आलोचित भइ रहेको छ । ओम्नी समुहको सेवा गर्नेहरुको आलोचना गर्नुको के अर्थ ?जबकी सरकार नै जनताको जिवन संग खेलवाड गरी रहेको छ यस्तो सरकारलाई जनपक्षिय भन्नेकी हुडारहरुको समुह !
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल