Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चौतर्फी आलोचनापछि सरकारको ब्याक गियर

काठमाडौं । महिनौदेखि कोरोना आतंकका कारण व्यापार व्यवसाय गर्न नपाएका व्यवसायीलाई कर तिर्न ताकेता गरेको सरकारले चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएका जानकारी दिएको हो । यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोभिड २९ को संक्रमणबाट उत्पन्न असहज परिस्थिततिका कारण म्याद थप गरिएको विभागले जनाएको छ ।
मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दोस्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ गतेसम्म कायम गरिएको विभागले जनाएको छ । अन्तशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७ गतेसम्म नै बनाइएको छ । आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि असार ७ नै तय गरिएको छ । सरकाले कोरोनाका त्रासकै बीच जेठ २५ कर तिर्न उर्दी जारी गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । व्यवसायीहरुको नाममा मगंलबार सरकारको जारी गरेको कर तिर्नेसम्बन्धी सूचनाले एकाएक निजी क्षेत्रमा तरंग ल्याइदिएको थियो । लकडाउन रहेकै अवस्थामा तीन महिनाको व्यवसायिक कर तिर्न समय सीमा नै तोकेर सरकारले भुक्तानीको ताकेता गरेपछि व्यवसायिक क्षेत्रमा तरंग र आक्रोश ल्याएको थियो ।