Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असक्षम बोक्दा असफल भो सरकार

प्रधानमन्त्री केपी ओली ले आफ्ना दलाल र बैठकेहरुलाई सल्लाहकार राखेर माहामारीको समयमा बढी आलोचना सहनु पर्यो । त्यही कारण हुन सक्छ उनले बालुवाटारमा लकडाउन खुकुलो बनाउन विशेषज्ञ हरुको राय सुझाब लिनु पर्यो । उनका विश्वास पात्रहरुले सही सुझाब दिएका हुन्थे भने सरकारको आलोचना गरीरहेका बौद्धिक वर्गलाई गुहार्नु पर्ने थिएन । ओली सरकारका ४ मन्त्रीहरु असफल भएका छन् । तर पनि उनीहरुलाई नै दायाँ बायाँ राखेर प्रधानमन्त्रीले सम्वृद्धि र विकासको नारा दिइरहेका छन् ।युवराज खतीवडा इश्वर पोखरेल, भानुभक्त ढकाल, प्रदिप ज्ञावाली असफल पात्रहरुको सुचीमा परेका छन् ।यतीख्ेर देशको समस्या यिनकै वरीपरी घुमीरहेको छ तर यिनले जिम्मेवारी पुरा गरेका छैनन् । जुन वेला कोरोना कहरको बाढी आएको छ । त्यो वेला लक डाउनले जनता भोकभोकै परेको स्थिती छ । महंगी नियन्त्रण छैन सरकार इन्धन तस्करी नियन्त्रण गर्ने नाउँमा पेट्रोलियम पर्दाथको मुल्य बढाउछ । सिमामा भइ रहेको तस्करी रोक्न सक्दैन ।धन्न रहेछ अर्थमन्त्री युवराज खतीवडाको आर्थिक विज्ञताको अस्त्र !
जनताले लकडाउनको अवज्ञा गरीसक्यो घुस्याहाहरुलाई ओम्नी ग्रुप नै प्यारो छ । स्वास्थ मन्त्रीलाई अस्पतालहरुको स्थितीका बारेमा मतलब छैन । यर्थाथता के छ प्रेसले थाहाँ पाउन सक्दैन। जनताभन्दा पाउना नजिक ठानेर ओलीको निकट भए वापत स्वास्थ मन्त्रीले सजाय पाउने कुरै भएन ।जती मरेका छन् गरीब र मजदुर मरेका छन्। राज्यबाट हेपीएको समुह भनेको त्यही हो ।मध्यम वर्गीय जमात समेत अब लकडाउनको अवज्ञा गर्न तम्सीदै छ । यसको कारक हुन प्रधानमन्त्री रक्षा मन्त्री अर्थ मन्त्री र स्वास्थ मन्त्री । कोरोनाले यिनीहरुलाई सताएको भए बल पिडा थाहा हुने थियो । यती भद्रगोल अवस्था श्रृजना हुनुको कारण सरकारका अगुवाहरुको हेपाह सैली हो ।प्रधानमन्त्री ले समेत सुरुका समयमा पाटीलाई वास्ता गरेनन् समकक्षीहरुलाई त गन्दै गनेनन् । उनी गरीबका नेता थिएनन् । धनाढ्य तस्करहरु गुटको ओरीपरी भएपछी उनलाई पाटीको आवश्यकता भएन ।
गल्ती गरेपछि समयमा सुधार्नु पर्दछ । तर वर्तमान नेतृव्वले वितेका २ वर्ष गुटको बाहेक देशको सेवा गरेन ।यो यर्थाथता वर्तमानमा तितो हुन सक्दछ । तर सत्य लाई ढाकछोप गर्न सकिदैन ।घरघरमा ग्यास पाइप हावाबाट विजुली मेट्रो रेल र मनोरेलको कथा केवल प्रचारमात्र भयो ।कोरोनाले आर्थिक संकट जनता र गरीब माथि फैलाएपनि सिंहदरबार भित्रका शासक र महाजनहरुलाई छुने अवस्था भएन । यो नै वर्तमान अवस्था हो काम भन्दा भाषणले अर्थ राख्दैन भन्ने कुरा नेतृव्वले समयमा सोचेको भए पाटी बदनाम हुने थिएन। जनप्रतिनिधिहरु लुटाहा बन्ने थिएनन् । यती त सोचीदेउ प्रधानमन्त्रीज्यू जनता भोकै मरेको मोरै हुने अवस्था कहिले सम्म ?


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल