Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज थपिए २१३ जना संक्रमित पुग्यो ३ हजार ४४८

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमित भेटिनेक्रम राम्रैसँग बढेको छ । सयौं संक्रमित एकै दिन थपिने क्रममा नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ३ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड १९ पुष्टि भएका व्यक्तिको संख्या ३ हजार ४४८ पुगेको जानकारी दिएका हुन् । डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १०२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४६७ पुगेको छ । २ जना महिला र १०० जना पुरुष पछिल्लो पटक डिस्चार्ज भएका हुन् ।