Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रसुतिगृहबाट तानेर स्वास्थ्य मन्त्रालयको प्रवक्ता

काठमाडौं । मुलुकमा स्वास्थ्य संकट आइलागेका बेला कर्मचारी परिवर्तनमा व्यस्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर जागेश्वर गौतम प्रवक्तामा नियुक्त भएका हुन् । थापाथलीको प्रसुती तथा स्त्री रोग अस्पतालको निर्देशक रहेका डा गौतमलाई केही दिन अघि स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको थियो । स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता डा विकास देवकोटाको ठाउँमा डा. गौतमलाई नियुक्त गरिएको हो । समन्वय महाशाखाका प्रमुख एवं प्रवक्तामा डा गौतम नियुक्त भएसँगै यसअघि सो पदमा रहेका डा विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ ।