Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई अर्बको मुद्दा इन्भेष्टमेन्ट बैंकले जित्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ । इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको हो । बैंकले इटालियन निर्माण कम्पनीको अपरेटिभा मुराटोरी ई केमेन्टिस्टी (सिएमसी)को पर्फमेन्स ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेको हो । तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई केमेन्टिस्टी ९सीएमसी०ले ग्यारेन्टी दिएको तर कम्पनीले भने अनुसार काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी गरेको थियो र सोही बेला इन्भेष्टमेन्ट बैंकले दाबी भुक्तानी गरेको थियो । तर सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो । अदालतको एकल इजलासले सुरुमा इन्भेष्टमेन्ट बैंकलाई हराएको र पुनः एकपक्षीय निर्णय भएको भन्दै इन्भेष्टमेन्ट बैंकले पुनरावेदन गरेको थियो । तीन न्यायाधीशको संयुक्त इजलासले बैंकको पक्षमा फैसला गरेको हो । सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई पनि मुद्दा हालेको थियो । मुद्दा परेपछि इटलीको बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन । इन्भेष्टमेन्ट बैंकले मुद्दा जितेपछि अब बैंकले काउण्टर ग्यारेन्टीबापत तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरिदिएको ८५ करोड १४ लाख १६ हजार नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो ९एक अर्ब १५ करोड रुपैयाँ० गरी करिब दुई अर्ब रुपैयाँ इटलीको इन्टेसा सानपाओलो बैंकबाट फिर्ता पाउने भएको छ ।


सम्बन्धित समाचार

वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा

२०८१ फाल्गुन २७

ताजा नेपाल

सुनको मूल्य घट्यो

२०८१ फाल्गुन २७

ताजा नेपाल

पशुपतिको नाममा १६ करोड झ्वाम

२०८१ फाल्गुन २७

ताजा नेपाल