Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमीशन नमिल्दा चार्टर विमान रित्तै

सरकारले विदेशमा भएका आफ्ना नागरिकहरुलाई स्वादेश फिर्ता गर्ने भनी रहेपनि नेपाल बायु सेवा निगमनको चार्टर विमान कमीशन नमिल्दा रित्तै फर्कनु परेको छ । अहिले सम्म २४ हजार नेपाली विदेश बाट फर्कनु पर्ने सुचीमा रहेका छन् । तर सरकार हरेक क्षणमा कमीशनको लोभले ग्रस्त छ । यस्ता विषयमा जोडीएका पात्र हुन् कोभिड १९ संकट व्यवस्थापन समितीका संयोजक इश्वर पोखरेल । ट्राभल्स एजेन्सीहरुले जापान बाट २ तर्फी भाडा २ लाख ४५ हजार सम्म असुलेका छन् जबकी जापान नेपाल आउजाउँ गर्दा रु ९० हजार भए पुग्दथ्यो । सरकारको चाल जताततै भद्रगोल छ । विश्वास नभएको ्यापिट टेष्ट मै रमाएको सरकार मरीसकेपछि रिपोट प्रकासित गर्ने बैज्ञानिकधरातललाई अगाली रहेको छ । नेपालको हकमा यो चमत्कार देखाउने स्वास्थ मन्त्रीको क्षमता विश्वका स्वास्थ मन्त्रीको भन्दा बढीनै हो । किनकी उनले कोरोना माहामारी चर्कीएको समयमा स्वास्थ मन्त्रालयको विज्ञहरुलाई खेद्ने काम गरीरहेको छ ।
जपानमा ९१६ कुबेत बाट १५० मलेसिया ६४२५ साउदी २१५२ रियाद ३६०८ कतार २९९१ कुबेत १३०० अष्ट्रलिया ३३१२जेहाद ११६०अमेरिका ६४६क्यानडा ७८ बहराइन ३७२ कारीया २८२ ओमान ६५६ डेनमार्क ७६ युगान्डा १६८ स्वदेश फर्कनु पर्ने नेपाली रहेका छन् । तर सरकारले १९४ जना मात्र स्वदेश फर्काएको छ । सरकार एक्लै कुदीरहेको छ जनता भोकभोकै घरंमा थुनेर कोरोना नियन्त्रणको हल्ला चलाइरहेको छ । सरकारी कम्पनी वायुसेवा निगमलाई कमजोर बनाउने काम प्रधानमन्त्री निकटको हिमालय एरलाइन्सले गरी रहेको छ । विदेशमा रहेका नेपालीहरुको स्थिती प्रति राजनितीक दल समेत इमान्दार देखिदैन ।