Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मातेको भारतलाई चीनको दनक

सानो मुलुक नेपाललाई हेपेर नेपालको जमीन अतिक्रमण गरिरहेको भरतीय विस्तारवादलाई छिमेकी राष्ट्र चीनले कोट्याईदिएपछि विलखबन्धनमा परेको छ । आखिर नेपाली जनताका छोराबाट उसको देशको राष्ट्रिय अस्मिता बचेको यथार्थ पनि भारतीय शासक पक्षको दिमागमा कहिल्यै घुसेन । नेपाल भारत १९५० को असमान सन्धी र त्यसपछि भएका स्वार्थगत सम्झौताहरुबाट फाइदा लिने भारतले नै हो, नेपालले त्यस्तो फाइदा लिएको छैन । यसपटक भारतले असल छिमेकी राष्ट्रकोरूपमा भन्दापनि दादागिरी शैलीबाट नेपाली राष्ट्रिय अस्मितामाथि प्रहार गरिरहेको विश्व जनमतले देखेको छ ।
भारतलाई आफ्नै देशको राष्ट्रिय सेना र प्रदेशस्तरीय प्रहरी संगठनप्रति विश्वास हुन्थ्यो भने छिमेकीहरुको सीमा क्षेत्रमा गोरखाली फौज खटाउन सक्दैनथियो । मित्रराष्ट्र चीनको सीमातर्फ जतिपनि भारतीय फौज खटाइएको छ, त्यो सबै नेपाली युवाहरुको संलग्नता रहेको गोरखा रेजिमेण्ट कम्पनी अन्तर्गतको शक्ति हो । कास्मिरमा पाकिस्तानसँग देखाएको भारतीय हैकम बेलाबखत थचच्क पर्ने गर्दछ । नेपालले शक्तिराष्ट्रहरुसँग हतियारको होडबाजी गर्न सक्दैन तर आफ्नो सीमा क्षेत्रको भूभागको यथेष्ट प्रमाण लिएर बसेको वास्तविकतालाई भारतीय शासकहरुले भुल्नु हुँदैन ।
चीनले भारतसँग ब्यापार सम्वन्ध सहज पार्नका लागि नेपालको सीमा क्षेत्र लिम्पियाधुरालाई त्रिदेशीय ब्यापार केन्द्र बनाउने घोषणा गर्दै भारतसँग सम्झौता गर्दा नेपाल पक्षले नोट अफडिसेन्ट पठायो । तत्काल चीनबाट त्यसको प्रतिक्रिया आयो तर भारतले लिम्पियाधुरामा बंकर खडा गरी आफ्नो शैन्य शक्ति राखेको कारण कुनै प्रतिक्रिया जनाएन । अब त नेपाली हरुपनि हरेक क्षेत्रमा विज्ञ र मुलुकको माटोको आवश्यकताप्रति चासो राख्ने भइसके । भारतले पालेका २÷४ कपुतहरु बेलाबखत नेपालको संसद्मा कुर्लिएपनि राजनीतिक तहमा तिनको हैसियत पातलिँदै गएको बुझ्न सक्नुपर्दछ । नेपाल र भारत सीमा क्षेत्रमा १० हजार १ सय ८० किलोमिटर विवादित स्थितिमा थियो । त्यसलाई कम गर्दै लिम्पियाधुरा र लिपुलेक हुँदै सुस्ता, महेशपुरको विवादमा भारतपनि सहमत थियो । तर अहिले ३ हजार ४ सय ८८ किलोमिटर लामो सिमाना रहेको चीन र भारतबिचको लडाईं त सार्वजनिक भयो नि ? यहाँ भारतले नेपालको भुमिमाथि गरेको हैकम जस्तै चिनियाँ भूमिमाथि हैकम जमाउन सक्छ ?
राष्ट्रिय स्वाभिमान र आत्मगौरवमाथि जव छिमेकीले प्रहार गर्छ, त्यो बखत रोटी र बेटीको संस्कृति र सभ्यताको माला जप्नुको अर्थ रहँदैन । भारतीय पन्नाहरु नेपालको संसद्मा थुप्रै हुन सक्दछन् । उनीहरुले बुझे हुन्छ, भारु बुझेर नेपालीसार्वभौम अखण्डतामाथि प्रहार गर्ने भारतीय चेली नेपाली बुहारी सरिता गिरीको हालत अहिले के हुँदैछ ? भारतीय गुप्तचर संस्था रअको एजेण्ट बन्न धेरै नेताहरु सक्रिय भए । माहाकाली सन्धीमा राष्ट्रघात गर्दा बेपत्ता भएको जनताको बहुदलीलय जनवादमा खोइरो लागिसक्यो । १२ खर्ब १२ अर्ब कहाँ छ श्रीमान् ? कसरी पठाउँछौ स्याटलाईटबाट टनपुरको बिजुली ? अब त मुख खोलन तिम्रो राष्ट्रवाद कहाँ कसरी भारुसित लटपटिएको थियो, यदि यस्तै स्थ्तिि रह्यो भने राजनीति नेपालको गर्ने, स्वार्थ भारतको हेर्ने । मै हुँ भन्ने विद्वान् विदुषीहरुको पनि दिन लामो हुने छैन किनकि दमन र उत्पीडनको पीडा त्यहाँ पोखिन्छ, जहाँ राज्यल मानवीय संवेदना गुमाएर सडकमा पागलपन प्रस्तुत गरिरहेको हुन्छ । यतिखेले भारतले नेपालमाथि देखाएको व्यवहार र कम्युनिष्ट सरकारले कोरोनाबाट पिडीत जनताप्रति दर्शाएको दैनिकी मिल्दोजुल्दो छ , ख्याल गर ।