Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बल्ल खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । वर्षा यामसँगै अब बाढी पहिरोका कारण सडक अवरुद्ध हुनेदेखि जनधनको क्षतिको क्रम शुरु हुन्छ । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि बल्ल खुलेको छ । वुधबार बिहान ४ः१५ बजे खसेको पहिरो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो । सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उनले जानकारी दिए । शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उनले जानकारी दिए । पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन् । सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।