Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गण्डकीमा संक्रमित ५ सय नाघे

पोखरा । आइतबार बिहान गण्डकी प्रदेशमा १६ नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा १६ नयाँ संक्रमित फेला परेका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बागलुङको गलकोट नगरपालिकामा ४, ढोरपाटन नगरपालिकामा १, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकामा १ रहेका छन् । बागलुङका ९ संक्रमितमध्ये सबै जना पुरुष हुन् । यस्तै, रघुंगंगा गाउँपालिका म्याग्दीका दुई महिला, एक पुरुष तथा मंगला गाउँपालिकाका एक पुरुष गरि म्याग्दीमा ४ जनामा कोरोना पुष्टि भएको छ ।
तनहूँको ऋषिङ गाउँपालिकामा एक पुरुष र पर्वतको कुश्मा नगरपालिकामा दुई पुरुष गरि आइतबार १६ नयाँ संक्रमित थपिएका हुन् । शनिबार मुस्ताङमा पनि एक संक्रमित थपिएसँगै गण्डकीको एघारै जिल्लामा कोरोना संक्रमण पुगेको छ । पटिल्लो अपडेटअनुसार १६ नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ५ सय ४ पुगेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल