Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई सैनिक मारिएको चीनले स्वीकार्यो

एजेन्सी । रद्दाखमा दुई छिमेकी मुलुक चीन र भारतबीच भएको भिडन्तमा २० भारतीय सैनिक मारिएको भए पनि चीनतर्फ कति क्षति भयो भन्ने यकिन तथ्यांक सार्वजनिक भएको थिएन । भारतीय मिडियाहरुले ४० जना चिनियाँ सेना मारिएको दाबी गरिरहेका बेला चीन भारत सीमा नजिक गल्वान उपत्यकामा भएको झडपमा आफ्ना दुई चिनियाँ सैन्य अधिकारी मारिएको स्वीकार गरेको छ । चीनले मारिनेमा एक कमान्डिङ अफिसर र बटालियनका अर्का अफिसर भएको स्वीकार गरेको छ। टाइम्स अफ इण्डियामा प्रकाशित समाचारमा चिनियाँ पक्षले यस हताहतीका बारेमा घटना लगत्तै भारतीय पक्षलाई जानकारी दिएको भएपनि हालै मात्र समाचार सार्वजनिक भएको उल्लेख छ। घटनामा आफ्ना सैन्य अधिकारी मारिएको चीनको स्वीकारोक्तिलाई महत्वपूर्ण मानिएको छ। यसलाई सम्भवतः भियतनामसँग सन् १७७९ मा भएको युद्धपछि भएको पहिलो सैन्य हताहती भएको मानिएको छ। चिनियाँ विदेश मन्त्रालयले भने हालसम्म घटनामा भएको कुनैपनि हताहतीलाई स्वीकार गरेको छैन। जुन १५ भारतीय सेनाले आफ्नो दाबी गरिएको भू(भागमा चिनियाँ पक्षले निर्माण गरेको भौतिक संरचना भत्काएपछि दुबैपक्षबीच हिंस्रक झडप भएको थियो। घटनामा भारतका कमान्डिङ अफिसर सहित २० जनाको ज्यान गएको थियो। घटना लगत्तै चिनियाँतर्फ पनि हताहती भएको बताइएको भएपनि कति संख्यामा हताहती भयो भन्ने बारेमा कुनै जानकारी सार्वजनिक हुनसकेको थिएन।