Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

४३४ जनामा संक्रमण, राजधानीमै ९ जना संक्रमित

काठमाडौं । कोरोना संक्रमण फैलिने क्रममा छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३४ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ४८ जना महिला छन् भने ३८६ जना पुरुष छन् । हालसम्म १ हजार १४२ जना महिला र १० हजार २० जना पुरुष गरी देशभर ११ हजार १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार उपत्यकाका थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता डा। गौतमका अनुसार ललितपुरका १ जना, भक्तपुरका ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टको अवधिमा १९ महिला र २९३ पुरुष गरी ३१२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म २१६ महिला र २ हजार ४३४ पुरुष गरी २ हजार ६५० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ५४३ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ४ हजार १६७ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । त्यस्तै देशभरका विभिन्न क्वारेन्टाइनमा ७४ हजार ‍२२ जना छन् भने ८ हजार ४८६ जना आइसोलेसनमा छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल