Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनीतिक आडमा विश्वविद्यालयमै दुर्गन्ध

अपराधलाई छूट दिँदा हटेन विकृति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रतिष्ठा अब रहेन । राजनीतिक हस्तक्षेपको भण्डार प्राज्ञिक थलो बन्यो । त्यहाँ यसको पालामा बढी, उसको पालामा कम भन्ने थिएन । बढी मात्रामा देशको शासक जो भयो उसैले धेरै अपराध गरेको छ । उच्च शिक्षाको थलो त्रिविविभित्रको अपराधमा कर्मचारी मात्र दोषी छैनन् । विद्यार्थी संगठनहरू समेत यो काण्डमा सक्रिय भए । देशको जेठो विश्वविद्यालयको यस्तो बदनाम भएपछि अरु १० विश्वविद्यालयको हालत के होला ? त्रिविको शैक्षिक कमाण्डर बिग्रेको छ । समयमा परिक्षा हुँदैन । नतिजा समयमा आउँदैन । पञ्चायत कालमा राजनीतिक स्वतन्त्रताका लागि बहस चलाउने खुला छूट थियो । व्यवस्था निरंकुश भए पनि त्रिविभित्र राज्य दमन कम थियो । बहुदलीय व्यवस्थामा छाडातन्त्र भयो । अदालत समेत भागवण्डामा न्यायाधिशहरूको नियुक्ति हुन थाल्यो । उनीहरूले न्यायिक सेवा निष्पक्षतर्फ भन्दा पार्टीको सपथ लिनेक्रम भयो । उच्चशिक्षा हासिल गर्ने थलोमा प्रमाणपत्र बेच्ने गोल्ड मेडल किन्ने प्रश्नपत्र परीक्षा अगावै बाहिरिने क्रम बढेको छ । मेडिकल शिक्षाको प्रवेश परिक्षा अगावै प्रश्न बेच्ने कलेजका संस्थापक प्रिन्सिपललाई कारबाही त हुने कुरा भएन । बरु उनै राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा हालै नियुक्ति गरिएको छ । किनकि उनी गणेश थापाका उत्तराधिकारी हुन योग्य थिए । मेडिकल शिक्षामा सुधारको एजेण्डा लिएर १७ पटक आमरण अनसन बसेका डा. गोविन्द केसीको कारण सरकारले उपत्यका र मोफसलका मेडिकल कलेजको शुल्क निर्धारण ग¥यो । त्यसको कार्यान्वयन भएको छैन । सरकार छ, सांसद छन्, मेडिकल विज्ञहरू छन्, शिक्षा विज्ञहरू छन्, विद्यार्थी संगठनहरू छन्् । तर शिक्षा क्षेत्रमा बढेको त्यो लुटको अन्त गर्ने मुद्दा कसैको हुँदैन ।
माध्यमिक शिक्षा निःशुल्क भनियो । कागजको त्यो निःशुल्क व्यवहारमा आएन । सत्तामा नजाँदासम्म निशुल्क शिक्षाको वकालत गर्ने कम्युनिष्ट पार्टी दुई तिहाईको सरकारसमेत कागजको निशुल्क पढेर बस्छ । भ्रष्टाचार गर्न सरकारले नीतिगत निर्णय गर्दा अख्तियार मुकदर्शक बन्न बाध्य छ । अख्तियारले मन्त्रीपरिषद्को निर्णयलाई कानुनी कारबाहीगर्न सक्दैन जनताका नाममा आएको विदेशी पैसा सरकारले थाहै नपाएको अवस्था छ । गैर सरकारी संस्थाहरूले प्रजिअ कार्यालय मार्फत् समाजसेवाको काम गर्ने भन्दै बजेट ल्याएका छन् । उनीहरूको काम को अनुगमन छैन ।
राजनीति समाज सेवा भनिन्छ । तर चुनाव जितेको भोलिपल्ट राज्यबाट दोहन गर्ने स्थानीय जनप्रतिनिधि आफैंले कानुन बनाउँछन् । राजनीति र प्रशासन भ्रष्टाचारमा चुर्लुम्मै डुब्यो भने व्यवस्था बदनाम हुन्छ । अहिले राजनीतिक माउ घाँडो भएको छ । अहिलेका नेताहरूले राजनीति त्याग, तपस्यालाई भन्दा कमाइलाई जोड दिएका छन् । त्यो विकृतिको पर्दाफास त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र बेचिने, नम्बर थप्ने, गोल्ड मेडल ल्याउने अभियान नै चल्यो । सबैतिर प्रधानमन्त्रीले रेखदेख गर्न भ्याउने भए त्रिविमा उपकुलपति,मन्त्रालयहरूमा मन्त्रीको खाँचो नै पर्ने थिएन । समाज कल्याणको क्षेत्र त्यस्तै छ । समाजको काम विकृतिको अन्त्य गर्ने हो । सांसद जनताका प्रतिनिधिको काम समाज सेवा हो । तर आफैंले नियम कानुन बनायो । आफ्नो लागि भत्ता, सेवा सुविधामा (कम्प्युटर ल्यापटप, मोबाइल सेट, झोला, मोटर साइकल, गाडी) कन्जुस्याई नगरी सरकारको खर्चमा प्रयोग गर्न कोही पछि परेनन् । जनप्रतिनिधि नै लुटाहा भएको देशमा त्रिभुवन विश्वविद्यालय, शैक्षिक क्षेत्र, चिकित्सक क्षेत्र, निर्माण क्षेत्र, व्यापारी, ठेकेदार, प्रशासनबाट कस्तो स्वच्छता पाइन्छ । देशको सुधार गर्न सत्तारुढ दलका नेता, स्वच्छ हुनुप¥यो । नेता भ्रष्ट हुने कानुन मिचेर मन्त्रीपरिषद्बाट ठूलो खर्च गर्ने निर्णय गराउने त्रिभुवन विश्वविद्यालयलाई स्वच्छ भएन भन्ने ठाउँ रहँदैन ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल