Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आलोचना हुने भएपछि प्रधानमन्त्रीले बैठक छाडे

काठमाडौं । आफ्नो चर्को आलोचना हुने देखिएपछि प्रधामनन्त्री केपी शर्मा ओली शुक्रबारको स्थायी समिति बैठकबाट भागेको छन् । निवासमै बसिरहेको बैठक पनि ओलीले छल्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली ले यस्तो उपाय अवलम्बन गरेका हुन् । नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् । बैठकको दोस्रो दिन आजबाट नेताहरूले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको छ। सरकार र पार्टीमा कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरूका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल