Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बेसारे भाषणले राजश्व चुम्चिँदै !

काठमाडौं । आखिर अर्थमन्त्री कुर्लिए । पैसा छैन पेन्सन खुवाउने कसरी आलोकाचोले सत्ता सम्हाल्दा हुने यस्तै हो । जसले पार्टीको महत्व हुँदैन चुनाव घानेषणापत्रमा ध्यान दिँदैन । जनताको पिडा बुझ्दैन । त्यस्तैलाई अर्थको साँचो दिएको फल धमाधम अहिले पाक्दैछ । कोरोना कहरको बजेट खर्च र औषधिको मात्र होइन क्वारेन्टाइनको भद्रगोलले सरकार बदनाम छ । बेसारे भाषणको अर्थ छैन । तर प्रमको टीम त्यसैमा केन्द्रीत छ । तर अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ २५ गते कर बुझाउन कडी कडाउ गरे । उनले आफ्नो असफलता यही देखाए । कडीकडाउ गरे । उनले आफ्नो असफलता यही देखाए । लकडाउनले चैत, वैशाख, जेठमा क्रमश सरकारी खर्च रु ६४ अर्ब ६१ करोड रु ८५ अर्ब ७८ करोड, १२२ अर्ब ३० करोड रुपैयाँ उठाउनु पर्नेमा स्थितिले साथ दिएन भन्ने सोचेनन् । त्यो बेलाको ४३ अर्ब ९२ करोड, १६ अर्ब ६ करोड ४१ अर्ब १० करोड प्राप्त हुँदा उनी झस्किए । सरकार जनपक्षीय थियो भने ठूला नाफामूलक संस्थाहरुसँग अग्रिम लिन सक्थ्यो ।
जबकि अर्याल निगम, दूरसञ्चार कम्पनीहरुले अग्रिम राजश्व दिन सक्थे । असारे खर्च सरकारले रोकेर कोषमा तान्न सक्थ्यो । सांसद कोषको रकम जसरी कोरोना कोषमा तानियो त्यो सोच यहाँ भएन करदातालाई तर्साउने क्वारेन्टाइनमा खर्च मनपरी गर्ने, सेनाले खरिद गरेको जिटुजी खरिदमा समेत बालुवाटार जोडिने स्वास्थ्यमन्त्ती थन्किने रक्षामन्त्री चम्निे प्रवृत्तिको अन्त्य नहुँदा सरकार बदनाम भएको हो ।
चालु खर्चभन्दा राजश्व कम हुँदा झस्केका अर्थमन्त्रीले झलझल्ती चैत, वैशाख, जेठको फिचर हेरे । कर्मचारी घरमै राखेर तलब, भत्ता, दिएको सरकारले भोकभोकै सडकमा मान्छे मर्दा समेत मानवीयता देखाएन । भाषण भने बेसारले ग¥यो ।