Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिहानै १७ संक्रमित थपिए

काठमाडौँ । दिनदिनै कोरोना संक्रमित थपिने क्रममा छन् । मंगलबार बिहानै नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमण संक्रमण पुष्टि हुनेहरुमा गण्डकी प्रदेशका ४ जिल्ला कास्कीमा ८, तनहुँका ५, स्याङ्जामा १ र लमजुङ्गमा ३ जना रहेका छन् । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । साथै, गण्डकी प्रदेशमा कोरोना संक्रमित २१४ जना निको भएर घर फर्किसकेका छन् ।