Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीले बोलाए मन्त्रीहरुलाई बालुवाटार

काठमाडौं । पार्टीभित्रै घेराबन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । उनले राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बिहान ८ बजे बालुवाटार बोलाएका हुन् । मंगलवार स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको थियो । बैठकमा शीर्ष नेतासहित १७ जनाले ओलीको राजीनामा माग गरेका थिए ।
ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधवार ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई छलफलमा डाकेका हुन् । प्रधानमन्त्री ओलीले साढे २ वर्षदेखि सरकारको नेतृत्व गरिरहेका छन् । ओलीलाई स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै शीर्ष नेताहरुले राजीनामा माग गरेका थिए । मंगलबारको स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले स्थायी कमिटीमा ओलीको राजीनामा मागेका थिए ।