Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज पनि सबैले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । पार्टीभित्रै चर्को दबावको सामना गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज पनि राम्रै प्रहार भएको छ । पार्टीको जारी स्थायी समिति बैठकमा बुधबार बोल्ने सदस्यहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरे । प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घन्टासम्म बसेको बैठकमा पाँच जना सदस्यले आफ्नो धारणा राखेकोमा सबैले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । तीमध्ये दुई जना आमन्त्रित स्थायी समिति सदस्य हुन्। पछिल्लो समय आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउँदैछ भन्ने ओलीको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री विवादमा परेका छन् । यसअघि मंगलबार बसेको बैठकमा बोल्ने लगभग सबै स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए।