Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवसरवादीले प्रमलाई घेरेको फल !

नेतृत्वको स्वार्थले विखण्डन निम्त्याउँदै

काठमाडौं । नत पार्टीको संरचना छ । नत नेताको मूल्य छ । हिजो काँग्रेससँग मिलेर धन आर्जन गरेका एमालेहरू र जनयुद्धको नाममा चन्दा र लुटपाटबाट पुष्टिएका माओवादीहरूबीचको एकता सैद्धान्तिक थिएन । कम्युनिष्ट कारखाना चलाएर आफैंले उत्पादन गरेका कार्यकर्ता डा. बाबुराम भट्टराईको विचलन त मोहनविक्रम सिंहलाई चिन्ताको विषय भएन । तर प्रचण्ड र ओलीका कारण गणतन्त्र खतरामा परेको हो भन्ने ठम्याई उनको छ । किनकि पार्टी पार्टी जस्तो छैन । त्यहाँ निश्चित एजेण्डामा बैठक बस्दैन । सरकार छ, त्यसले देशको हितमा निर्णय गर्दैन । मन्त्री छन् उनीहरू कमिशन र लुटमा मस्त छन् । अध्यक्षद्वयको नियत सफा छैन भने गुटबन्दीले खटाएका मन्त्रीले प्रधानमन्त्रीको निर्देशन किन मान्नु ।

पार्टीमा बहस नगरी एक व्यक्तिको लहडमा ल्याइएको एमालेको बहुदलीय जनवाद २०४९ को पेरिफेरिको हो । त्योबेला राजतन्त्र शक्तिका रुपमा थियो । पञ्चहरू देशमा पाखा लगाइएका मात्र थिए । आज राजतन्त्र छैन, पञ्चहरू तहस तहस छन्, काँग्रेस गणतन्त्र संघीयता पक्षधर क्षेत्रीय दलहरूले संघीयता र गणतन्त्रको टेवा दिइरहेका छन् । संघ र प्रदेशका ६ वटा सरकार नेकपाको नाममा सञ्चालित छन् । तर त्यहाँ सरकारको तर्फबाट जनसेवाको काम भएको छैन । सरकारले घोषणा गर्दै फिर्ता लिँदै गरेका एजेण्डाले झन् सरकारमा अवसरवादीहरू हावी भएक छन् । प्रधानमन्त्री ओली आफू जस्तो हावादारी छन् त्यस्तै फन्टुस सल्लाहकार राखेका छन् । विष्णु रिमाल, राजन भट्टराई, घनश्याम भट्टराइ, असगर अली यसका नमूना पात्रहरू हुन् । र उनीहरू नेकपाका हुन कि होइनन् थाहा छैन तर प्रधानमन्त्री पदमा रहेका खड्ग ओलीलाई उक्साउने तत्व हुन् । प्रम ओलीले पनि आफू श्री ३ बन्ने जोशमा छन् । त्यही तत्वको उक्साहटमा फसेका छन् । सैद्धान्तिक मान्यता त्यागेको स्वार्थ सत्ता केन्द्रीत चरित्रमा रुपान्तरण भएको दक्षिणपन्थी चरित्रको विकास भएको शक्तिका रुपमा नेकपा स्थापित छ । अहिले राष्ट्रवादको नाममा सत्तामा पुग्ने लहर छ । विश्व साम्राज्यवाद अमेरिकी सत्ता, भारतीय सत्ता मात्र किन नहोस् भारतको छिमेकी पाकिस्तानमा पनि राष्ट्रवादकै नाममा इमरान खान प्रधानमन्त्री बन्न पुगेका छन् । राष्ट्रवादको विकासमा तत्कालिन राजा महेन्द्रले स्थापना गरेको पूर्व पश्चिम राजमार्ग होस् वा त्रिभुवनकै पालामा स्थापित त्रिभुवन विश्वविद्यालयको स्थापना हुँदा तत्कालिन कम्युनिष्टहरूले विरोध गरेनन् ।

अहिले मुठीभर नेताको स्वार्थमा नेकपाको बदनाम हुँदैछ । हिजोको रातो पासपोर्ट काण्ड होस् वा पार्टीका दस्तावेज भारतीय दूतावासमा पु¥याएर स्वार्थ पूरा गर्ने चरित्रका कारण एमाले दुर्गन्धित थियो । एकताको नाममा कम्युनिष्टको परिचय त्याग्दै सामाजिक अस्तित्व त्यहाँ बचाउने प्रयास भए पनि त्यो कम्युनिष्ट पार्टी हुन सक्दैन भन्ने मसालका मोहनविक्रम सिंह आफू निम्छरो भएकोमा चिन्ता गर्दैनन् । उनले भनेका छन्, त्यहाँ दक्षिणपन्थीहरू हावी भएका छन् । उनीहरूको एकताले कम्युनिष्ट पार्टी निर्माण हुँदैन । हामी त्यसलाई कम्युनिष्ट पार्टी ठान्दैनौ । राष्ट्रियताको सन्दर्भमा भने यो एकता ठिक हो । एमाले माओवादीको एकताप्रति नकारात्मक सिंह भन्छन्, उनीहरूको स्वार्थमा केन्द्रीत एकता टुट्ने हो कि भन्ने चिन्ताको विषय हो । एकता टुट्यो भने यहाँ प्रतिगमनको खतर बढ्छ । दुई तिहाईको सरकारको भित्री भाग खोक्रो छ । यसको जिम्मेवार केपी ओली र प्रचण्ड मात्र होइनन् ४०१ जना केन्द्रीय सदस्यको अग्राधिकार लिएको ९ सदस्यीय सचिवालय पनि हो । जहाँ सर्वशक्तिमान ओली छन् । मोहनविक्रमले कम्युनिष्ट नमानेको नेकपासँग चुनावी तालमेल गरेर आफ्नी कान्छी श्रीमती दुर्गा पौडेललाई संघीय संसदमा, गण्डकी प्रदेशमा र प्रदेश ५ मा एक जना प्रदेश सांसद पठाएका छन् । नेकपाको चरित्र कम्युनिष्ट नै छैन । त्यो बाट कम्युनिष्ट नीति निर्माण खोजेर पाइँदैन । पृष्ठभूमि कम्युनिष्ट भएर पनि नीति निर्माण पुँजीवादी भएकाले सरकारले सन्तोषजनक काम गर्न नसकेको हो । जहाँ अवसरवादीहरू हावी हुन्छन् त्यस बेला सरकारले जनमुखी निर्णय गर्दैन । ओली सरकार गल्तै गएको कारण अवसरवादीको चंगुलमा पार्टी र सरकार फस्नु हो ।

प्रतिगमनको भूमि तयार
नेकपामा सामूहिक नेतृत्वको कल्पना गर्न सकिँदैन । जहाँ पूर्व प्रमहरूले समेत कार्य विभाजनपछिको जिम्मेवारी पाएका छैनन् । पार्टीको स्वरुप केन्द्रदेखि नै लथालिंग बनाएर अध्यक्ष एवं प्रम ओलीको स्तुति गाएर खान पल्केकाहरू बढीरहेका छन् । पार्टीको संगठनहरू मजबुत नहुँदाकै समयमा प्रतिगमनकारीशक्तले नेताहरूलाई घेर्छन् । पैसा पाएपछि पार्टीको रिपोर्ट मन्त्री परिषद्को निर्णय भारतीय दूतावासमा पु¥याउनेहरू प्रम ओलीलाई कुल देवता मान्दैछन् । त्यही कारण बेला बखत प्रचण्डलाई अध्यक्ष मानिँदैन, सरकार पाँचै वर्ष टिक्छ भनेर डुक्रिन्छन् । मक्किइसकेको जनताको बहुदलीय जनवाद नै २१औं शताब्दीको जनवाद हो भन्ने व्याख्याकारहरू अ‍ोलीका विश्वासी बन्दैछन् । संगठन छैन एकीकृत पार्टीको रुप देख्न नसक्ने तस्करका संरक्षक भूमाफियाका सहयात्रीहरूले आफ्नो दाउ बाहेक अन्यत्र ध्यान दिएका छैनन् । व्यवस्थामाथि प्रहार भयो भने वर्तमान नेतृत्वकै अवसरवादी चरित्रले प्रहार हुन्छ । कार्यकर्ताको यहाँ दोष हुँदैन ।


सम्बन्धित समाचार