Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाली सेनाका सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

काठमाडौं । सैनिक अदालतले आचरण विपरीत गतिविधि गरेको कसुरमा नेपाली सेनाका सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई बर्खास्त गरिएको पुष्टि गरे । उनले भने, दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको, सैनिक अनुशासन उल्लंघन गरेको लगायतका आचरण विपरित कसुरमा जनरल सैनिक समरी अदालतले दोषी ठहर गरेको छ । बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका थिए । महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।