Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अहंकारमा डुब्दा जताततै निराशा

सरकार देशभक्त त देखियो तर जनपक्षीय भएन । कोरोना आतंक मच्चाएर सरकारले चिकित्सक र सुरक्षाकर्मीलाई धोका दियो । भ्रष्टाचार चर्कियो भोकमरीले ग्रस्त सिंगो समाजसँग सरकार जोडिएन । तिनै तहका सरकार लकडाउनप्रति संवेदनशील भएनन् । जनताको विश्वास भएन । आफैं सतर्क हुनु पर्ने कोरोना संक्रमण रोक्ने औषधि छैन सरकारका काममा विश्वास भएन जनता सडकमा आयो । किसानको तरकारी फलफुल बजारमा आएन । भारतीय तसकारी र फलफुल त्यही सडकबाट ट्रकका ट्रक नेपाल आए कोरोना फैलाए । कमिशनलाई पहिलो प्राथमिकता बनाएको सरकारलाई भोकले मजदुर मर्दा, किसान थलिँदा जिम्मेवारी बोध भएन । यही बेला पार्टीमा चलेको अन्तरद्वन्द्वले प्रधानमन्त्री के पी ओलीलाई सनकको भरमा बजेट अधिवेशन स्थगित गरी आफ्ना अहंकार र आक्रोशप्रति ओर्लिएको स्थायी समितिको आक्रामण अन्त्य गर्ने हतियार प्राप्त भयो ।
विश्व साम्राज्यवादी मुलुक अमेरिकाले ५० करोड डलर देखाइदिएको छ । देशमा त्यो भन्दा ठूलो खर्चका आयोजना बने संसदले स्वीकृत गर्नु परेन । राष्ट्रघाती महाकाली सन्धी गर्दा १२ अर्ख १२ अर्ब नेपालले पाउँछ भन्ने विद्वानहरूले यो बेला विस्तारवादी भारतलाई जवाफ त दिए तर जनमातलाई धोका दिँदैनन् भन्ने छैन । किनकि देश भयावह अवस्थामा छ, राजश्व चलायमान गर्ने ठाउँम कोरोना महामारी चम्किरहँदा भारतको सिको गरेर महामारी फैलाउने काम गरियो । सीमा क्षेत्रमा स्वास्थ्य परीक्षण गर्न छाडियो, पिसिआर दिइएन, क्वारेन्टाइन भद्रगोल छ । भारतबाट नेपाली देशमा आए, कोरोना फैलाए । कमिशनलाई पहिलो प्राथमिकता बनाएको सरकारलाई भोकले मजदुर मर्दा, किसान थलिँदा जिम्मेवारी बोध भएन । सरकारलाई जनपक्षीय बनाउनुको साटो आफ्नो स्वार्थमा उपयोग गर्दा राजनीतिक अस्थिरता निम्तिन्छ भन्ने चिन्ता समेत देखिएन ।
सत्ता स्वार्थ र गुटबन्दीले सरकार असफल छ । अब बाँकी अमेरिकी सेना नेपाल भिœयाउनु छ । ५० करोड डलरले कस्तो योजना बन्छ कति काम हुन्छ त्यसको बाध्यकारी अवस्था केहो ? सबै छर्लङ्ग छ । सरकारले १० अर्ब खर्चेर तीन महिनाको लक डाउनमा गरेको प्रगति भनेकै जनतालाई भोकै मार्ने, तस्कर, माफियाको सेवा पु¥याउने बाहेक भएन । विदेशमा अलपत्र नेपालीमाथि भएको शेषण होस् वा राहत वितरणको नाममा देखाइएको भेदभाव पीडितको मन रुवाएकै छ । ५० करोडको त्यो बुटी देखाएर नेपालको खनिजमाथि दागा धर्ने साम्राज्यवादले विकास रोक्ने धम्की काँग्रेस नाउँको लुटाहा टिमबाट दिएकै छ । जसले ओलीको साथ पाए तिनले राष्ट्रिय ढुकुटीमा मनपरी गरे पनि प्रधानमन्त्रीको तहबाट नियन्त्रणको चासो समेत दिइएन । बरु संसदको अधिवेशन अन्त्य गर्दै पार्टी स्थायी समितिको बैठकलाई चुनौती दिन समेत ओली पछि परेनन् । यो स्थितिले नेकपाप्रतिको जनआकांक्षामाथि तुषारापात लगाउने काम भइरहेको छ ।
खर्च १० अर्ब प्रतिफल शून्य नेकपाको सरकारको प्रगति यही हो । यहाँ पार्टी सहभागी छैन, सहभागी छन् प्रधानमन्त्री र उनको देवत्वकरण गरेर आफ्नो दरसन्तानलाई राष्ट्र लुटेर धन थुपार्ने पौरखीहरू । किसान प्रेमी सरकार आफ्ना सवारी साधन प्रयोग गरेर किसानको खेतको तरकारी बगैंचाको फलफुल लोड गरेर शहरको अभाव टार्न सक्दैन । यस्तो सरकारले कस्तो व्यवसायिक कृषि उद्यम गर्ने हो । राहतमा ८० करोड सकेको सरकारले डेरामा बसेर शहरमा मजदुरी गरेर जीवन धानेको वर्गलाई राहत दिएन । व्यवस्था परिवर्तन मात्र भएर हुँदैन । नेताको चरित्र सुध्रिएको छैन । एमाले विपक्षी हुन्थ्यो र अरु दल सत्तामा हुन्थ्यो भने सडकमा रित्ता थाल, खाली सिलिण्डरको जुलुस हुन्थ्यो । रेलिङ भत्कन्थ्यो, भौतिक संरचना नष्ट हुन्थे । चर्का भाषण हुन्थे, सडक जाम गरिन्थ्यो ।
अहिले सडकमा भद्र रुपमा आएको युवा समूह कुनै दलको दलाल र दास होइन । उसले समृद्धि र विकासको महत्व बुझेको छ । लोकतन्त्र गणतन्त्रको अर्थ बुझेको छ । तर पनि भ्रष्टाचारमा रमाएको ओली सरकारलाई चपेको छैन । पानीको फोहोरा, प्रहरीको लाठी बर्सेकै छ । स्वास्थ्यकर्मी, सुरक्षार्कीलाई भत्ता दिन्छु भनेर नदिने विदेशमा अलपत्र नेपालीको दुःखमा मलमपट्टि भन्दा दोहन गर्ने गरी हवाई उड्डयन नीति बनाउने, जुन महंगो छ त्यही कम्पनीसँग औषधि खरिद गर्ने, अख्तियारले नछुने नियम बनाएर नीतिगत लुट चम्काउने मात्र होइन सेनालाई अगाडि सारेर औषधि जन्य सामग्रीमा समेत खान नछाड्ने कस्तो नेतृत्व, कस्तो पार्टी, कस्ता प्रधानमन्त्री छन् नेपालमा ?
कोरोना आतंक र लकडाउनले मान्छे निराश छ । राज्यको तहबाट पीडित जनतालाई धैर्यता दिलाइएन सिंहदरबारसँग प्रदेश असन्तुष्ट प्रदेशसँग स्थानीय तह असन्तुष्ट पार्टीबाट जनता असन्तुष्ट देखिन्छ । प्रधानमन्त्री बोल्छन् उनका दलालहरू लुट्छन् । सरकारको यस्तै स्थिति रह्यो भने हात उठाउन सक्छ । जसरी बजेटमा फजुल खर्च कटौती नगरी भाषणमा रमाएका अर्थमन्त्रीको हैसितय छर्लङ्ग भयो । फजुल खर्च गर्ने जनतालाई राहत नदिने ठूलाको सान, सानाको काल बाहेक कम्युनिष्ट पार्टीको तीन वर्षे अर्थ नीतिले के दियो ? ढंगत कम्युनिष्टको हुँदैन रहेछ । भाषण मिठो, व्यवहार दानवि देखाएर समाजवाद उन्मुख दिशा कसरी पक्रन्छ महाशयहरू ? जनता र राष्ट्रको सेवक बन्न नसक्नेहरूले परिवारवाद र गुटवादको पेरिफेरि छाडेका छैनन् ।