Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बझाङ पहिरोमा मृतकको संख्या चार पुग्यो

बझाङ । कोरोना कहरले सिंगो विश्वा आक्रान्त भएको बेला नेपालमा वर्षा यामसँगै प्राकृतिक प्रकोपका घटना पनि थपिएका छन् । बझाङको केदार स्युँ गाउँपालिका – ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ । यस्तै तीनजना अझै बेपत्ता छन् । पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शब फेलाको परेको उनको भनाइ छ । यस्तै सोही ठाउँका ८० वर्षीय दले जेठाराको पनि शव फेला परेको सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश एसएसपी सिंहले बताए । त्यस्तै २ वटा गाई, ३ भैसी र ८ वटा बाख्रा पनि भेटिएको छ । शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता रहेको एसएसपी सिंहले जानकारी दिए । अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ । पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली, नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थल पुगेको छ । पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको गाडी नै पहिरोका कारण दुर्घटनामा परेको छ । दुर्घटनामा ३ सैनिक जावन घाइते भएका छन् ।