Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोरखाका ४४ वर्षीय पुरुषको ज्यान कोरोनाले लियो

गोरखा । कोरोना संक्रमितको ज्यान जानेक्रम थपिँदो छ । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। नविन थापाले ती पुरुषको शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको जानकारी दिए । उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन राति ९ः५५ बजे आइसोलसनमा राखेर उपचार सुरु गरिएको थियो । डा. थापाका अनुसार उनी डाइबिटीजको दीर्घरोगीसमेत थिए । असार १६ गते कतारबाट आएका थिए । ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए । उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ लगातार खोकी लागेपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो । गोरखा पालुङ्टारका ४४ वर्षीय पुरुषको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० र ५५ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो ।