Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुईजनाको ज्यान गयो, २३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना संक्रमणको दर उच्च गतिमा बढिरहेको बेला पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये २७२ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् ।