Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित

काठमाडौं । पार्टीभित्रको विवाद फुटको संघारमा पुगेको बेला नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आजका लागि तय भएको बैठक पनि बुधबारसम्म सारिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै बैठक असार २४ गते ११ बजे बस्ने जानकारी दिएका छन् । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने बताइएको छ । स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिदै आएका छन् ।