Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । तनहुँ, ब्यास नगरपालिका(७ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका(७ तल्लो नरङ्गा बस्ने १९ वर्षीय नबिन थापा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई सोही ठाउँस्थित मकैबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र अस्थायी प्रहरी पोष्ट कलेष्टिबाट संयुक्त रुपमा खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।
वर्दिया, बारबर्दिया नगरपालिका(४ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका(४ पदनाह बस्ने ४२ वर्षीय रमेश थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।