Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि केसीको लुट्ने धन्दा

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रको लगानी रहेको सूर्य टोबाको कम्पनीका एक हिस्सेदार रवि केसीको तागतले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल मात्र होइनन् सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई समेत पैसाकै जोडबलमा हात लिएर आफ्नो स्वार्थका निर्णयहरु गराउन सफल भएको देखिन थालेको छ । सम्पत्ति सुद्धिकरण र अदालतहरुलाई समेत पैसाको ध्वास देखाएर प्रभावमा पार्ने रवि केसीले अनिल झा उद्योगमन्त्री बनेका बेला लिएको बाह्रसिंघे बियरको लाइसेन्स खारेज भएपछि कर्मचारीहरुमाथि समेत धम्की दिन पछि परेका छैनन् । आवश्यक प्रक्रिया नपु¥याई खरिद गरिएको लाइसेन्स यतिबेला खारेज भयो जतिबेला उद्योग विभागको महानिर्देशकमा जीवन सिटौला थिए । सिटौलालाई समेत विभागबाट खेद्न केसीले मन्त्री हृदयेश त्रिपाठीलाई प्रयोग गरेको धाग दिने गरेका छन् । ज्ञानेन्द्र शाहका विश्वासपात्र भएका नाताले अनिल झाको समयमा बियरको लाइसेन्स लिन उनलाई गाह्रो भएन । उद्योगले मापदण्ड पूरा नगरे पनि पैसा पेलेपछि काँग्रेस र एमालेलाई त्यो समयमा केसीहरु जस्ताले खेलाएकै थिए । माओवादी शक्ति पछिल्लो चरणमा बढेपछि त्यसलाई समेत प्रयोग गरेको केसीको टिमले यतिखेर सूर्य टोबाको कम्पनीको नाममा राजश्व मात्रै छलेको छैन काम गर्ने मजदुरहरुको समेत रगत पसिना चुसिरहेको छ । वल्र्ड दरबार ह्विस्की र ८८४८ ब्राण्डको रक्सी लकडाउनको समयमा समेत बिगमार्ट तथा सुपरमार्केटहरुमा राम्रै बिक्री त भयो तर राजश्व भने राम्रैसँग छलिएको छ । यस्ता धुन्दुकारीहरु नेपालको राजनीतिमा साँढे बनेपछि औद्योगिक क्षेत्र बदनाम नहुने प्रश्नै भएन ।