Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घट्याे कोरोना संक्रमणको दर, आज १०८ जना मात्रै थपिए

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुनेको दर घट्दै गएको छ । दैनिक ६/७ सय सम्म संक्रमित थपिने गरेकोमा पछिल्लो चार दिनदेखि संक्रमितको संख्या घट्न थालेको हो । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो । बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्‍म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् । हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् । नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।