Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाकैबीचमा ओइरिँदै लगानी

काठमाडौं । सरकार आर्थिक रुपमा मुलुकलाई उकास्ने अभियानमा छ । तर, नीगित लुटमा सरकारको ध्यान गएको छैन । यो अवस्थामा नेपाललाई सहयोग गर्ने देशहरुले ५३ अर्ब ३८ करोड ७ लाख ३४ हजार दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्योग क्षेत्रमा आएको यो लगानी गत वैशाखदेखि भित्रिए पनि उद्योग विभागमा दर्ता भएका लगानीहरुमध्ये छिमेकी चीनको बढी छ । चीनले २९ वटा उद्योगमा लगानी गर्ने प्रस्ताव गरेको छ भने भारतले २ वटा उद्योगमा लगानी गर्ने बचन दिएको छ । गत वर्षभन्दा यो वर्ष कोरोना आतंकले भएग्रस्त भए पनि लगानी भने बढ्दो छ । चीनबाट २३ अर्ब ५८ करोड लगानी भित्रिदै छ भने, भारत, बंगलादेश, अष्ट्रेलिया, बेलायत, जापान, फ्रान्स, क्यानडा जस्ता देशहरुले पर्यटन, उद्योग, कृषि र सूचनाको क्षेत्रमा लगानी गर्ने बचन दिएका छन् । नेपालको समृद्धि र विकासको योजनालाई पूर्णता दिने सरकारको योजना छ तर सत्तारुढ दलभित्र देखिएको गुटबन्दी र कमिशनतन्त्रको कारण लगानीकर्ताहरु समेत झस्कनु पर्ने स्थिति सिर्जना भएको छ ।