Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१ सय ४४ संक्रमित थपिँदा १७ सय घर फर्किए

काठमाडौं । कोरोना संक्रमणको दर घट्दै गएको बेला आज १ सय ४४ जना संक्रमित भेटिँदा १७ सय मानिस डिस्चार्ज भएका छन् । सोमबार नेपालमा कोरोना भाइरसका १४४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा सं‌क्रमण देखिएको हो । सोमबार सबैभन्दा धेरै सुर्खेतमा ४१ जना भेटिएका छन् । धनुषामा २७ जना, कैलालीमा ११ जना, रौतहटमा ९ जना कपिलवस्तुमा ८ जना, ललितपुरमा ५ जना झापा र महोत्तरीमा ४/४ जना, काठमाडौंमा ३ जना, बागलुङ, म्याग्दी, तनहुँ, बर्दिया, दाङ, रुकुम पश्चिम, दैलेख, बझाङ र बैतडीमा २/२ जना संक्रमित भेटिएका छन् । मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, पर्वत, स्याङ्जा, कपिलवस्तु, बाँके, जाजरकोट, अछाममा १र१ जना संक्रमित भेटिएका छन् । नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । कोरोना संक्रमण उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमल जानकारी दिए । सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ । हाल देशभरका क्वारेन्टिनमा २३ हजार ८ सय ७० जना सम्भावित संक्रमित रहेका छन् । नेपालमा हालसम्‍म २ लाख ८९ हजार ३ सय ७१ वटा परीक्षण पीसीआर विधिबाट गरिएको छ ।


सम्बन्धित समाचार