Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाले अझ भयावह अवस्था ल्याउने चेतावनी

एजेन्सी । कोरोना संक्रमणले विश्व आतंकित भइरहेको बेला विश्व स्वास्थ्य संगठनले अर्को चेतावती दिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी ठानिएका उपायहरू अबलम्बनमा समान रणनीति नपनाउँदा अवस्था भयावह हुने खतरा बढेको डब्ल्युएचओले चेतावनी दिएको छ । स्वीट्जरल्याण्डको जेनेभमा सोमबार भएको पत्रकार सम्मेलनमा डब्ल्युएओका महानिर्देशक डा। टेडरोजले नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको बताए । नेताहरुबाट आउने फरक खालका सन्देश वा भनाईले महामारी नियन्त्रणमा लिने प्रयासमा सर्वसाधारणको विश्वास टुटेको उनले भनाइ छ । कोरोना भाइरस अझै पनि मानिसको सबैभन्दा ठूलो शत्रु हो । तर धेरै देश तथा नेता एवम् व्यक्तिहरुका कार्य त्यससँग मेल खाने खालका छैनन्, उनले भने । भौतिक दूरी, हात धुने तथा मास्क लगाउनेसहितका उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने उनले बताए । अझै पनि विश्व पुरानै सामान्य अवस्थामा फर्किने सम्भावना देखिदैन, उनले चेतावनी दिँदै भनेका छन्, यदि आधारभूत नियमहरु मानिएन भने यो महामारी निरन्तर रहने छ र थप खराब र भयानक हुनेछ । संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गरिएका देशहरुमा संक्रमण तीव्र गतिमा बढिरहेको उनको भनाइ छ । विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अति तीव्र गतिमा संक्रमण बढिरहेको छ । स्वास्थ्य विज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तनाव बढ्दै जाँदा संक्रमण पनि त्यहाँ बढ्दै गएको छ । ट्रम्पले कोरोना भाइरसका केसहरु बेकारमा खडा गरिएको आरोप लगाउन थालेका छन् ।